२२ बैशाख २०८१, शनिबार

एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश


football

२१ वैशाख, काठमाण्डौ । आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो ।

पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा दोस्रो मिनेटमा अग्रता बनायो । एन्टोनी ग्रिजमनको पासमा डिएगो कोष्टाले उत्कृष्ट फिनिस गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा खेलमा फर्कने धेरै मौका पाए पनि सफल भएन ।

प्रशिक्षक विङगरले युरोपियन खेलमा सफलता हात पार्न सकेनन् । प्रिमियर लिगमा राम्रो प्रदर्शन निकाल्न नसकेपछि प्रशिक्षकका रुपमा उनको ठूलो आलोचना भएको थियो । जसका कारण उनले इमिरेट्स छोड्ने निर्णयमा पुगेका थिए ।

आर्सनलको प्रशिक्षकका रुपमा उनले तीन वटा प्रिमियर र सात वटा एफ ए कपको उपाधि जिते पनि युरोपियन प्रतियोगितामा भने २१ सिजनमा दुई पटक मात्र फाइनल प्रवेश गरेका छन् ।

सन् दुई हजारको यूइएफए कपको फाइनलमा गालातासेरेसँग हार्दा २००६ को च्याम्पियन्स लिगको फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएको थियो । युरोपियन प्रतियोगितामा सुखद अन्त्यको लक्ष्यमा रहेका विङगर असफल भएपछि अब उनको अन्तिम खेलका रुपमा प्रिमियर लिगमा हडल्र्सफिल्डसँग हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !