१९ बैशाख २०८१, बुधबार

आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली छैटौं स्थानमा उक्लियो


IPL

एजेन्सी, २० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले तेस्रो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई डकवर्थ लेविस (डिएल) को आधारमा ४ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा बर्षाले पटक पटक प्रभावित गरेको खेलमा दुई पटक ओभर छोट्टाईएको थियो । दिल्लीले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले निर्धा्रित १२ ओभरमा ५ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।

राजस्थानका जोस बट्लरले ६७ तथा म्याथ्यु शर्टले ४४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानका क्रिश्नप्पा गोथाम १८ रनमा अविजित रहे । दिल्लीका ट्रेन्ड बोउल्टले २ तथा अमित मिश्रा र ग्लेन म्याक्स्वेलले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १७ ओभर १ बलमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । बर्षाको कारण १८ ओभरमा झारिएको खेलमा दिल्लीले पाँच बल खेल्नुअघि पुन बर्षाले खेल रोकिएको थियो । बर्षा रोकिएपछि डिएलको आधारमा दिल्लीले राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिएको हो ।

वर्षाले खेल रोकिनुअघि दिल्लीका लागि रिशाब पन्तले ६९ तथा कप्तान श्रेयस आयरले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै पृथ्वी शले ४७ रन जोड्दा विजय शंकरले १७ रन बनाए । राजस्थानका जयदेव उनाडकटले ३ विकेट लिए ।

नेपालका युवा खेलाडी सन्दीप लामिछाने सहभागी टिम दिल्ली यो जितसँगै लिगको छैटौं स्थानमा समेत उक्लिएको छ । र, दिल्लीले ८ खेलबाट ३ जित र ५ हारसहित ६ अंक जोडेको छ । जितपछि दिल्लीले लिगको प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । पराजित राजस्थान ८ खेलबाट ६ अंकसहित लिगको सातौं स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको ८ खेलबाट १२ अंक रहेको छ । दोस्रो स्थानमा सनराईजर्स हैदरावादले पनि ८ खेलबाट १२ अंक जोडेको छ । तर, हैदरावाद रन रेटमा चेन्नईभन्दा पछि परेको छ । लिगमा १० अंक जोडेको किंग्स इलाभेन पन्जाब तेस्रो स्थानमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !