२१ बैशाख २०८१, शुक्रबार

बार्सिलोनालाई गृहनगरमा सम्मान


barca

एजेन्सी, १८ वैशाख । स्पेननिस लिग ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाका खेलाडीलाई गृह नगरमा सम्मान गरिएको छ ।

२५ औं पटक ला लिगाको च्याम्पियन बनेको बार्सिलोनालाई गृहनगरमा हजारौँ समर्थकले स्वागत र सम्मान गरेका हुन् । बार्सिलोनाका खेलाडीलाई विशेष बसमा राखेर नगर परिक्रममा गराइएको थियो । क्याटलान शहरमा गरिएको नगर परिक्रममा सडकको वारीपारी उभिएका हजारौँ दशर्ककले खेलाडीको स्वागत गरेका थिए ।

आइतबार डिपोर्टिभो लाकोरुनालाई हराउँदै बािर्सलोना ला लिगाको च्याम्पियन बनेको थियो । खेलमा लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !