२२ बैशाख २०८१, शनिबार

​उत्तर कोरियाले मेमा आणविक भट्टी बन्द गर्दै


Atomic-Plant

एजेन्सी, १६ वैशाख । उत्तर कोरियाले आफ्नो आणविक भट्टी आउँदो मे महिनामा बन्द गर्ने जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यलयले छिट्टै नै उत्तर कोरियाले आफ्ना आणविक भट्टीहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

शुक्रबार मात्रै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनबीचमा भएको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाली प्रायद्वीपमा सबै किसिमका आणविक कार्यक्रमहरु बन्द गर्ने सहमति भएको थियो ।

वैज्ञानिकहरुले जनाए अनुसार उत्तर कोरियाको आणविक भट्टीहरु गएको सेप्टेम्बरमा पहिरोले क्षतिग्रस्त भएको थियो ।

उत्तर र दक्षिणबीच भएको ऐतिहासिक सम्झौतापछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको तीन वा चार सातापछि उत्तर कोरियाली नेतृत्वसँग वार्ता गर्ने सम्भावना रहेको बताएका थिए ।

उत्तर कोरियाले सन् २००६ पछि ६ वटा आणविक परीक्षण गरेको थियो । सन् २०१७ मा गएको पटक–पटकको परकम्पले गर्दा उत्तर कोरियाका भट्टीमा क्षति पुगेको बीबीसीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु