२३ बैशाख २०८१, आइतबार

माइभ्याली गोल्डकप : आजबाट सेमीफाइनलका खेल सुरु


Goldcup

१४ वैशाख, इलाम । इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमीफाइनलका खेल सुरु भएको छ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३:०० बजेबाट इलामको ठूलो टुँडिखेलमा हुनेछ ।

मनाङ्ग आयोजक माइभ्याली क्लबविरुद्ध १–० गोलको कठिन जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो । आर्मी भने पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै सेमिफाइनलमामा उक्लिएको हो ।

आर्मीले राष्ट्रिय टिमका भरत खवासको कप्तानीमा राष्ट्रिय टिमकै नवयुग श्रेष्ठ, विकेश कुथु, १९ वर्ष मुनिका सन्तोष तामाङ लगायतका खेलाडी मैदानमा उर्तादैछन् । मनाङ्गले भने राष्ट्रिय टिमका कप्तान विराज महर्जनसँगै राष्ट्रिय टिमकै सुजल श्रेष्ठ, अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठ , नाइजेरियन खेलाडी काची लगायतका खेलाडी मैदानमा उर्तादैछन् ।

आर्मी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा रमपम झापा–११ सँग पराजित भएको थियो । आर्मी र मनाङ गएको सिजनमा दुहबी, झिलझिले, काँकडभिट्टा र धनगडी गोल्डकपमा ४ पटक आमने–सामने भएका थिए । तीमध्ये दुहबी गोल्डकपमा मनाङले र बाँकी ३ वटामा आर्मीले बाजी मारेका थिए । वैशाख १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता रहेको छ ।

माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !