१९ बैशाख २०८१, बुधबार

आईपीएल: हैदराबादले पञ्जावलाई १३ रनले हरायो   


IPL

एजेन्सी, १४ वैशाख । आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले किंग्स एलाभेन पञ्जावलाई १३ रनले हराएको छ ।

गएराति भएको खेलमा १ सय ३३ रनको लक्ष्य पाएको पञ्जाव खेल सकिन ४ बल बाँकी हुँदै १ सय १९ रनमा अलआउट भएपछि हैदराबादले जित हात पारेको हो ।

पञ्जावलाई कम योगफलमै अलआउट गराउन रसिद खानले ३ तथा सन्दीप शर्मा, बसिल थम्पी र सकिब अल हसनले २/२ विकेट लिए । पञ्जावका लागि लोकेस राहुलले ३२ र क्रिस गेलले २३ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हैदराबादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । २७ रन जोड्न ३ विकेट गुमाएको हैदराबादलाई मध्यम योगफलसम्म पुर्याउन मनिष पाण्डेले ५४ र सकिब अल हसनले २८ रन बनाएका थिए ।

पञ्जावका अंकित राजपुतले ५ विकेट लिए । प्रतिोगितामा शुक्रबार बेलुकी सवा ८ बजेपछि दिल्ली  डेयरडेभिल्स र कोलकाता नाइटराइडर्स खेल्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !