१४ बैशाख २०८१, शुक्रबार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक


football

एजेन्सी, १३ वैशाख  । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पार्दै रियल मड्रिडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा ४४ मिनेटसम्म १ शून्यको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बायर्न म्युनिख पराजित भयो । २८ औं मिनेटमा जोसुवा किम्मिचले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

तर, ४४ औं मिनेटमा डेनियल कार्भाहलको पासमा मार्सेलोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५७ औं मिनेटमा मार्को असेन्सियोले गोल गरेपछि रियल मड्रिडले अग्रता लियो । ७१ औं मिनेटमा रोनाल्डोले गोल गरे पनि रेफ्रीले ह्यान्ड बलको इसारा गरेपछि रियलले अग्रता बढाउने मौका गुमाएको थियो ।

धेरैजसो समय बल नियन्त्रणमा लिए पनि बायर्नले गोल थप्न नसक्दा खेल हानुपर्यो । यसअघि सेमिफाइनलकै पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमालाई ५–२ ले हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !