२१ बैशाख २०८१, शुक्रबार

एफ ए कप उपाधिका लागि चेल्सी र म्यान्चेष्टर युनाइटेड भिड्ने


football

एजेन्सी, १० वैशाख । एफ ए कप फुटबलको उपाधिका लागि चेल्सी र म्यान्चेष्टर युनाइटेड खेल्ने भएका छन् । अाइतबार रातिको खेलमा साउथह्याम्प्टनलाई दुई शुन्यले हराउँदै चेल्सीले एफ ए कपको फाइनलमा म्यान्चेष्टर युनाइटेडसँगको भेट पक्का गरेको हो ।

चेल्सीलाई जिताउन जिराउड र मोराटाले गोल गरे । ४६ मिनेटसम्म दुवै टिमले गोल गर्न नसकेको खेलमा इडेन हाजार्डको पासमा जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मोराटाले ८२ औँ मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । फाइनल आउँदो शनिबार वेम्ब्ली रंगशालामा हुनेछ ।

 

एफ ए कपको फाइनल खेल दुवै टिमका प्रशिक्षकका लागि को उत्कृष्ट भन्ने सिद्ध गर्ने चुनौतीका रुपमा पनि रहनेछ । चेल्सीका प्रशिक्षक एण्टेनियो कोण्टे र म्यान्चेष्टर युनाइटेका प्रशिक्षक जोसे मोरिन्हो दुवैले एक अर्कालाई होच्याउने र खिसीट्युरी गर्ने गरिरहेका छन् ।

केही समय अघि कोण्टेले मोरिन्होलाई हेपेको शैलीमा ‘सानो मान्छे’ भनेका थिए । त्यसअघि मोरिन्होले आफू खेल मिलेमतोमा कहिल्यै पनि कारबाहीमा नपरेको र नपर्ने पनि भनेर कोण्टेलाई ब्यंग्य गरेका थिए । कोण्टेले सन् २०१२–१३ को सिजनमा खेल मिलेमतोको अभियोगमा चार महिनाको प्रतिबन्ध खेपेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !