१९ बैशाख २०८१, बुधबार

आईपीएलमा राजस्थानले मुम्बईलाई तीन विकेटले हरायो


IPL

एजेन्सी, १० वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । कष्णप्पा गौथमले ११ बलमा ३३ रन प्रहार गरेपछि राजस्थानले हार्नै लागेको खेल जितेको हो ।

१ सय ६८ रनको लक्ष्य राजस्थानले खेल सकिन २ बल बाँकी रहँदा भेट्टाएको हो । राजस्थानका लागि सञ्जु सामसनले ५२ रन र बेन स्टोक्सले ४० रन बनाए । टिमले खेल हार्ने सम्भावना बढीरहेका बेला आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका कष्णप्पाले ११ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएपछि राजस्थानले रोमाञ्चक जित हात पारेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि सुर्यकुमार यादवले ७२ र इशान किशनले ५८ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले तीन तथा धवल कुलकर्णीले दुई विकेट लिएका थिए । जितसँगै राजस्थानले ६ मध्ये तीन खेल जित्दै ६ अंक बनाएको छ भने मुम्बइले ५ खेल खेलेकोमा एउटा खेल मात्र जित्दै २ अंक मात्र बनाउन सकेको छ ।

कष्णप्पा गौथमलाई आईपीएलको खेलाडी बोलकबोलमा राजस्थानले ६ करोड २० लाख भारुमा अनुबन्ध गर्दा धेरैजना चकित भएका थिए । उनका लागि यो आईपीएल डेब्यू थियो । आइतबारको खेल जिताउँदै उनले आफूलाई त्यति धेरै रकममा किन राजस्थानले अनुबन्ध गरेको थियो भन्ने कुराको जवाफ मैदानमा दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !