२१ बैशाख २०८१, शुक्रबार

बार्सिलोना कोपा डेल रे च्याम्पियन


Barcelona

एजेन्सी, ९ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५– ० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।

बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा दुई गोल थप्यो भने सेभिल्लालाई गोल गर्न दिएन ।

एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिल्ला फाइनलमा बार्सिलोनासंग भने निरीह देखिएको थियो । यो जीतले बार्सिलोनालाई रोमासँग पराजित हुँदै  च्याम्पियन्स लिगबाट बाहिरिनुपरेको पीडा केही कम गरिदिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !