२१ बैशाख २०८१, शुक्रबार

युभेन्टस रेलिगेसन जोनको क्रोटोनेसँग बराबरीमा रोकियो


Juventus

एजेन्सी, ६ वैशाख । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस रेलिगेसन जोनको क्रोटोनेसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

क्रोटोनेको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरी खेलेको हो । पहिलो हाफको १६ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा क्रोटोनेका सिमोन टोचुक्वुले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै युभेन्टसले दोस्रो स्थानको नापोलीविरुद्ध ६ अंकको अग्रता बनाउने मौका गुमाएको छ । युभेन्टसले ३३ खेलबाट ८५ अंक जोडेको छ । क्रोटोने २९ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

लिगमा दोस्रो स्थानको नापोलीको ३३ खेलबाट ८१ अंक छ । नापोलीले बुधबार राति उडिनेसलाई ४ – २ ले हराएको थियो । यस्तै बुधबार राति रोमाले जिनोआलाई २ – १ ले पराजित गर्दा लाजियोले फियोरेन्टिनालाई ४ – ३ ले हराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !