२१ बैशाख २०८१, शुक्रबार

आईपीएलमा पञ्जावसँग चेन्नई चार रनले पराजित


IPL

एजेन्सी, ३ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जावले चेन्नईलाई ४ रनले हराएको छ । गएरातिको खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १ सय ९३ रनमा समेट्दै पञ्जाव विजयी भएको हो ।

मोहालीमा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

पहिले ब्याटिङ गरेको पञजावले क्रिस गेलको ६३ रनको मद्दतमा १ सय ९७ रन बनाएको थियो । गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै, लोकेश राहुलले ३७ र मयांक अग्रवालले ३० रन बनाएका थिए ।

तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन औषतका आधारमा चेन्नई तेश्रो स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !