२२ बैशाख २०८१, शनिबार

आइपीएलमा राजस्थानले बैङ्लोरलाई हरायो


एजेन्सी, ३ वैशाख ।  इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको छ । बैंगलोरले जितका लागि २ सय १८ रनको विशाल लक्ष्य पाएको भएपनि बैंलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका कप्तान विराट कोहलीले ५७ तथा मन्दीप सिंहले नट आउट ४७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको मौका पाएको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर २ सय १७ रन बनाएको हो । राजस्थानका सञ्जु सामसनले नट आउट रहँदै ९२ रन बनाएका थिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !