२३ बैशाख २०८१, आइतबार

भारतमा हुने भनिएको एसीसी एसिया कप यूएईमा सर्यो


एजेन्सी, २८ चैत । आउँदो सेप्टेम्बर महिनामा भारतमा हुने भनिएको एसीसी एसिया कप यूएईमा सरेको छ । लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजनास्थल र मिति तय गरेको हो ।

भारत र पाकिस्तानबीचको राजनीतिक अस्थिरताका कारण एशियन क्रिकेट काउन्सिलले एशिया कपको आयोजना स्थल नै परिवर्तन गरेको हो । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ तारिखमा दुबई र आबुधावीमा हुनेछ ।

५० ओभरको खेलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान रहेका छन् । बाँकी एक टिमका लागि नेपाल, यूएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानबीच प्लेअफ हुनेछ ।

यी ६ टिममध्ये शीर्ष स्थानमा रहने टिमले एशिया कपमा स्थान बनाउनेछ । यस्तै एसीसी इमर्जिङ एशिया कपको आयोजनाको जिम्मा पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !