७ बैशाख २०८१, शुक्रबार

भारतीय सेना प्रमुख चढेको दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए ?


भारतको तमिलनाडुमा हेलिकप्टर दुर्घटना

चेन्नई । भारतको तमिलनाडु कुन्नूरमा सेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेको बताइएको छ ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका १३ जनाको मृत्यु भएको न्युज एजेन्सी एसियन न्युज इन्टरनेशनल (एएनआई) ले बताएको छ । हेलिकोप्टर दुर्घटना हुँदा गम्भीर अवस्थामा रहेका सेना प्रमुख रावतलाई पनि अस्पताल लगिएको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा सेना प्रमुख रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार रहेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार खराब मौसमका कारण भिजिभिलिटी कम भएकोले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने बताएका छन् । भारतीय वायु सेनाले सो दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिइसकेको छ ।

उक्त हेलिकप्टर दुर्घटनाको बारेमा आधिकारिक जानकारी भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । रक्षामन्त्री सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर दुर्घटनाको जानकारी गराएर रावतको घरमा समेत पुगेका थिए ।

यो पनि पढ्नुहोस्

भारतको तमिलनाडुमा हेलिकप्टर दुर्घटना (अपडेट) : १३ जनाको मृत्यु

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, घाइते सेना प्रमुखलाई अस्पताल लगियो

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !