४ बैशाख २०८१, मंगलबार

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा ३ जनाको मृत्यु


हेलिकप्टर दुर्घटना

बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।

यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् । ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !