१९ बैशाख २०८१, बुधबार

थाइल्याण्डमा बस दुर्घटना, १८ को मृत्यु


एजेन्सी, ८ चैत । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको मृत्यु भएको छ ।

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनवाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकवाट खोँचमा खसेको यातायात मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त सडकखण्ड नाजुक अवस्थामा रहेकाले समय समयमा विभिन्न दुर्घटना हुने गरको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !