६ बैशाख २०८१, बिहिबार

अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले छोडे देश, काजिकास्तानतिर लागेको आशंका


अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले छोडे देश

काबुल । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले देश छोडेका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको जनाएको छ ।

तालिवानीले अफगानिस्तानका अधिकांश भू-भाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो । यस्तै अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ ।

अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेपछि राष्ट्रपति घानीले आपतकालीन बैठक बोलाएर राजीनामा दिने तयारी गरेको समाचार समेत बाहिर आएका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेको बताएको छ । यसका साथै अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

https://twitter.com/ZabihBaloch/status/1426902659802537986

यो पनि पढ्नुहोस्

तालिबान काबुलमा छिरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले गरे राजीनामा दिने तयारी

शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने अफगानिस्तानका गृहमन्त्रीको स्पष्टोक्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !