२२ बैशाख २०८१, शनिबार

लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा


Chelsea willian-goal

एजेन्सी, ५ चैत । लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वार्टरफाइनलमा चेल्सीले लेस्टरलाई अतिरिक्त समयमा दुई एक गोलले हरायो ।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा एल्भारो मोराटा र पेद्रोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा विलियमको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीविरुद्ध ७६ औं मिनेटमा जिमी भार्डेले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ९० मिनेटसम्म दुवै टिमबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

जसमा एक सय पाचौँ मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । बाँकी समयमा लेस्टर खेलमा फर्कन सकेन र चेल्सीले सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा साउथह्याम्टनले विगान एथ्लेटिकलाई दुई शुन्यले हराउँदै सेमिफाइनलमा पुग्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !