२२ बैशाख २०८१, शनिबार

ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा ट्वीटर मार्फत पुष्टि


Trump Arthik sallakar

२३ फागुन, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा दिएका छन् । ट्रम्पले ट्वीट गर्दै राजीनामा दिएको पुष्टि गरेका छन्  ।

ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी कोहनले राजीनामा दिएको बीबीसीले जनाएको छ । ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिमा असन्तुष्टि जनाउँदै ग्यारीले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

राजीनामा गर्दै ग्यारीले आफूले राष्ट्रपति ट्रम्पको प्रशासनमा काम गर्न पाएकोमा खुशी भएको उल्लेख गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै चाँडै नै नयाँ आर्थिक सल्लाहाकार नियुक्त गर्ने बताएका छन् ।

Trump tweet


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !