२२ बैशाख २०८१, शनिबार

विश्वकप क्रिकेट छनोटमा  नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुँदै


Nepal-Cricket Team

२० फागुन,  काठमाण्डौ । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको छ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ ।

नेपालको लागि आजको खेलले विश्वकप छनौट दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । तर नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको विश्वकप यात्रा सहज हुनेछैन ।

डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । साथै अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु