६ जेष्ठ २०८१, आइतबार

दुबईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय संचालन


dubai

१३ माघ, युएई । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ  कार्यालय उदघाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष अतिथिका रूपमा उपस्थित थिए । उनले एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिए ।

नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुचारू गरेको हो । आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका युएई प्रमुख  रमेश पौडेलले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !