६ पुस २०८१, शनिबार

जो बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति


जो बाइडेन र कमला ह्यारिस सपथग्रहण कार्यक्रम

वासिङटन, डिसी । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले र्औपचारिक रुपमा अमेरिकी संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका छन् भने कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा पदको सपथ लिएकी छिन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् ।

जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए ।

साथै समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । उनले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयर मार्फत सपथ लिएकी हुन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी छिन् ।

सपथग्रहणमा जो बाइडेनले भने, ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहणमा कमला ह्यारिसले भनिन्, ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

र्औपचारिक सपथग्रहण गरेपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनले आफू सबै अमेरिकनहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बाइडेनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले सपथग्रहणपछि सम्बोधनको क्रममा बोल्दै भने, ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो ।’ उनले भने ‘अमेरिकाको धेरै पटक धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ । आजले हामी एक जना उम्मेदवारको जित होइन प्रजातन्त्रको जित मनाइरहेका छौं ।’

यो पनि पढ्नुहोस्

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन वासिंटन डिसी प्रस्थान गर्नुअघि किन रोए ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !