८ बैशाख २०८१, शनिबार

सपथग्रहणपछि बाइडेनले भने, ‘सबै अमेरिकनको राष्ट्रपति हुनेछु’


जो बाइडेन

वासिङटन, डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका छन् । आज राष्ट्रपतिका रुपमा र्औपचारिक सपथग्रहण गरेपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनले आफू सबै अमेरिकनहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाइडेनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले सम्बोधनका क्रममा भने, ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो ।’ उनले भने ‘अमेरिकाको धेरै पटक धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ । आजले हामी एक जना उम्मेदवारको जित होइन प्रजातन्त्रको जीत मनाइरहेका छौं ।’

बाइडेनले कोरोनाको महामारीबाट ज्यान गुमाएहरुको श्रद्धाञ्जलीमा मौन धारण समेत गरेका थिए । महामारीबाट अमेरिकामा ४ लाख भन्दा धेरैको मृत्यु भई सकेको छ । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति भएका हुन् ।

साथै समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयर मार्फत उनले सपथ लिएकी हुन् ।

जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए ।

जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी-अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली-अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

यो पनि पढ्नुहोस्

जो बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन वासिंटन डिसी प्रस्थान गर्नुअघि किन रोए ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !