१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि राजधानीमा कर्फ्यू


कर्फ्यू

२ कात्तिक, फ्रान्स । फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कर्फ्यू लागेको छ । कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेपछि शनिबार रातिदेखि पेरिससहितका शहरमा कर्फ्यू लागु भएको हो ।

रेस्टुरेन्ट व्यवसायीहरुले भने रातको समयमा कर्फ्यू लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । कर्फ्यू लागेसँगै रात्रि जीवनका लागि चर्चित पेरिससहितका शहर सुनशान देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सका पेरिस, मार्सेइली, लियोन, लिले र टुलुजसहितका शहरमा एक महिनाका लागि कर्फ्यू लागु भएको हो । राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !