१८ बैशाख २०८१, मंगलबार

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्के


नेपालमा अहिलेसम्म ८०११ जनाले जिते कोरोना, थप १२० जना घर फर्किए

एजेन्सी, १८ साउन । प्रसिद्ध भारतीय अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड-१९) लाई जितेर घर फर्केका छन् । उनी कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । बच्चनका अनुसार उनी अब केही समय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् ।

केहि समयअघि कोरोना संक्रमित भएपछी बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो । अहिले सबैजनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !