६ जेष्ठ २०८१, आइतबार

अफगानिस्तानमा कोरोना भाइरस सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो


कोरोना भाइरस

१२ साउन । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।

आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस सङ्क्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भईसकेको छ ।

सङ्क्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !