५ जेष्ठ २०८१, शनिबार

डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपति : जो बाइडेन


जो बाइडेन

एजेन्सी, साउन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपति रहेको जो बाइडेनले बताएका छन् । उनी अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार हुन् ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाको शासन कालमा उपराष्ट्रपति रहेका बाइडेनले सर्भिस इम्पोइज इन्टरनेशनल युनियनको राउण्ड टेबलमा ट्रम्पलाई रंगभेदी भनेका हुन् ।

कोरोना भाइरसलाई ट्रम्पले ‘चाइना भाइरस’ भनेको कुरालाई लिएर स्वाथ्यकर्मीको चासोबारे गरिएको प्रश्नको क्रममा बाइडेनले ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपछि रहेको बताएका हुन् ।

ट्रम्पले व्यक्तिको छालाको रंग र उनीहरुको उनीहरुको वंशजको वा पृष्ठभूमिका आधारमा व्यवहार गर्छन् । अमेरिकाको इतिहासमा कहिल्यै पनि कुनै पनि बहालवाला राष्ट्रपतिले यस्तो नगरेको उनले बताएका छन् ।

कुनै पनि रिपब्लिकन राष्ट्रपति वा डेमोक्र्याट राष्ट्रपतिले यस्तो गरेका थिएनन् । हाम्रोमा रंगभेदी छन्, उनीहरुको अस्तित्व छ र उनीहरुले निर्वाचित राष्ट्रपति चाहे र ट्रम्प पहिलो रंगभेदी राष्ट्रपति भएको उनले स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !