६ जेष्ठ २०८१, आइतबार

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु


सोमाली सेना A Somali soldier speaks on the phone on June 26, 2016 by the scene of the terror attack on a hotel in the Somali capital Mogadishu that killed at least 11 people the day before and was swiftly claimed by Al-Qaeda-affiliated al-Shabab militants. – The assault, the latest in a series by the Islamist group targeting hotels and restaurants, began when a suicide bomber detonated a car laden with explosives outside the building. Gunmen then stormed the Naasa Hablood hotel and gunfire rang out for several hours, witnesses said, before the authorities declared the attack over. (Photo by MOHAMED ABDIWAHAB / AFP)

मोगादिशु, १ असार । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ ।

सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाब विरुद्ध सेनाले कारबाही गरेको स्पष्ट गर्नुभयो ।

प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताउनुभयो । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकूबीच भिडन्त भएको बताएका छन् ।

गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !