१९ बैशाख २०८१, बुधबार

विकासमैत्री ऐन कानून संशोधन गर्नुपर्ने – सांसद प्रकाश शर्मा पौडेल


विकासमैत्री ऐन कानून संशोधन गर्नुपर्ने - सांसद प्रकाश शर्मा पौडेल प्रकाश शर्मा पौडेल

असोज २६, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजना लगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्था सम्बन्धी बैठकमा सांसद प्रकाश शर्मा पौडेलले ठेक्का गर्नु अघिका प्रक्रिया पूरा गरी विकासमैत्री रुपमा ऐन कानून संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

दाता केन्द्रित विकासको सोचबाट नेपाल लामो समयदेखि ग्रसित बन्दै आइरहेको पाइन्छ । हाम्रो विकासको आवश्यकता तेस्रो पक्षले पहिचान गरिदिने र सोहीअनुसार योजना बन्ने गरेबाट नेपालको पूर्वाधार विकासको वास्तविक मार्गचित्र र यथार्थ चिन्तनको अभाव रहेको छ । योजनाबद्ध विकासको छ दशक बितिसकेको अवस्थामा गर्व गर्नुपर्ने गरी कुनै पनि पूर्वाधारको विकास निर्माण भएको छैन ।

राष्ट्रिय प्राथमिकता प्राप्त २१ आयोजना मध्ये काठमाडौं तराई दु्रत मार्ग, वुढी गण्डकी, पश्चिम सेती जलविद्युत लगायत अधिकांश आयोजनामा ५ प्रतिशत पनि खर्च हुन सकेको छैन । छलफलका लागि सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास, अर्थ, सुचना तथा सञ्चार, संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका मन्त्री र सचिव तथा योजना आयोगका उपाध्यक्षलाई बोलाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !