२० बैशाख २०८१, बिहिबार

ढाकाबाट १६९ जना भारतीयको उद्धार


ढाका, ६ जेठ । बंगलादेशमा अलपत्र परेका १६९ जना भारतीय नागरिकलाई एयर इन्डियाको बिमानबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११९ जना छात्रा छन् । उनीहरु सबै भारतको जम्मु काश्मिरका रहेका छन् ।

एयर इन्डियाको बिमानले उनीहरु सबैलाई मंगलबार अपराह्नसम्ममा श्रीनगर पु–याउने अपेक्षा गरिएको बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयले जनाएको छ ।

विद्यार्थीहरुले बंगलादेश र भारत सरकारले संकटका समयमा आफूहरुलाई सक्दो मद्दत गरेकामा आभार व्यक्त गरेका छन् ।

भारतले गत मे १६ देखि विभिन्न देशमा अलपत्र परेका भारतीय नागरिकको हवाई उद्धार शुरु गरेको थियो । दोस्रो चरणमा भारतले ४० वटा मुलुकमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन १४९ वटा उडान भर्ने योजना बनाएको भारत सरकारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !