१९ बैशाख २०८१, बुधबार

नीतिगत सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव : अर्थमन्त्री


भाद्र २०, काठमाडौँ | अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गरेका छन् ।आन्तरिक राजश्व विभागले गरेको व्यवस्थापन गोष्ठीका अवसरमा उनले उक्त दाबी गरेका हुन् ।

अर्थमन्त्री कार्कीले आगामी दिनमा विभागको दिशानिर्देश गर्नका लागि, समस्याहरु पहिचान गर्दै प्रभावकारीरुपमा विभागलाई समृद्धिको बाटोमा लान व्यवस्थापन गोष्ठी अग्रसर हुने अपेक्षा गरेका थिए ।करदाताको संख्यालाई वृद्धि गर्न निर्देशन दिँदै मुलुकको दूरदराजमा बसेको मानिसले पनि विकास निर्माणको अनुभूति गर्नुपर्नेमा उनले जोडको जनाइएको छ ।

कर कानुनको कडारुपमा परिपालना र प्रभावकारी अनुगमन गर्न निर्देशन दिँदै उनले परम्परागत कार्यशैलीलाई अध्यावधिक गर्नुपर्नेमा पनि जोड दिए ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले यो आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन भइसकेको संघ र प्रादेशिक निर्वाचन हुन लागेकाले आर्थिक भारपर्ने हुँदा कर प्रशासनलाई जुन लक्ष्य दिइएको छ, त्यो पूरा गर्न निर्देशन दिएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !