१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं महानगरले चार दिनमात्रै फोहोर उठाउने


fohor

३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ । नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो ।

यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए । उहाँका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ । विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो ।

‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उहाँहरूको अग्रसरतामा फोहोर व्यवस्थापन शुरू गछौं ।’ –विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भन्नुभयो । विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !