१४ बैशाख २०८१, शुक्रबार

मोदीद्वारा कुम्भ सफाइ मजदुरलाई व्यक्तिगत २१ लाख सहयोग


Narendra-modi-m

२२ फागुन, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गर्नुभएको छ ।

उहाँले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

कुम्भ क्षेत्रमा सरसफाइ गर्न खटिएका कर्मचारीहरुको कल्याण र सहयोगका लागि उहाँले दिएको रकम प्रयोग हुने अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री मोदीले यसअघि गत फेब्रुअरी २४ तारिखका दिन सरसफाइ मजदुरहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

उहाँले केही मजदुरहरुको खुट्टा धोइदिएर रुमालले पुछी ढोगेर सम्मान पनि व्यक्त गर्नुभएको थियो । उहाँको त्यो व्यवहार विश्वव्यापी चर्चाको विषय बनेको छ ।

त्यतिबेला प्रधानमन्त्री मोदीले कुम्भ सरसरफाइ मजदुरहरुलाई ‘वास्तविक कर्मयोगी’ को संज्ञा दिनुभएको थियो ।

प्रधानमन्त्री मोदीले यस बाहेक अरू पनि धेरै ठाउँमा व्यक्तिगत सहयोगको घोषणा गर्दै आउनु भएको छ । उहाँले केहीदिन पहिले आफूले दक्षिण कोरियामा प्राप्त गरेको शान्ति पुरस्कारको रकम पनि नामामी नदीको सफाइका लागि दिने घोषणा गर्नुभएको थियो ।

गुजरात राज्यका मुख्यमन्त्री भएका बेला कार्यकाल सकिनै लाग्दा उहाँले राज्यका कर्मचारीहरुको छोरीको शिक्षाका लागि भन्दै आफ्नो व्यक्तिगत २१ लाख भारतीय रुपैयाँ सहयोग गर्नुभएको थियो । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !