१३ जेष्ठ २०८१, आइतबार

गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक


Nepalpatra

१३ फागुन, गोदावरी । गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ ।

सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन् । नगरपालिकामा चालू आवको शुरुआतदेखि फागुन ५ गतेसम्म कूल ६० उजूरी परेको छ । गोदावरी नगरपालिकाका न्यायिक समिति सचिवालय सदस्य सन्तबहादुर देसारका अनुसार नगरपालिकामा परेका कूल ६० उजूरीमध्ये ३० जग्गा विवादका छन् ।

उहाँले भन्नुभयो, “बाँकी अन्य उजूरी निर्माण रोक्का, न्याय दिलाउने सम्बन्धि, आवश्यक कारवाही तथा बाटो कायम र जग्गा फिर्ता गर्ने विषयका रहेका छन् ।” गोदावरीमा अहिलेसम्म सम्बन्ध विच्छेद सम्बन्धि उजूरी भने परेको छैन ।

सेवा तथा सुविधाको माग

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकासँग आवश्यक विभिन्न सेवा तथा सुविधाको माग गरेको छ । विभिन्न वस्तुको अभाव रहेकाले नगरपालिकासँग माग गरिएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मधुराम केसीले बताउनुभयो । “नगरपालिकाबाट प्रत्येक महीना बैठक बसेबापतको यातायात खर्च पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । नगरपालिकाको स्वास्थ्य शाखाले यहाँको १४ वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको समस्यालाई सयममै ध्यान नदिँदा प्रत्येक महीना पाउनुपर्ने पारिश्रमिक पाउन ढिलाइ भएको छ । “नगरपालिकामा बिरामीको स्वास्थ्य परीक्षणका लागि थुप्रै आवश्यक सामग्री थप्नुपर्ने छ”, केसीले थप्नुभयो, “औषधिलगायत अन्य वस्तु भण्डारणको लागि उचित भण्डारण कक्षको व्यवस्थापन गर्न सकिएको छैन ।”

गत वर्ष स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको रकम निकासाको काम ढिलो हँुदा ९० प्रतिशत काम मात्र सम्पन्न भएको केसीले बताउनुभयो । प्रदेश सरकारले यस वर्षदेखि वर्षको एक पटक स्वास्थ्य स्वयंसेविकालाई दिइने रु दुई हजार ५०० सञ्चार खर्चबापतको रकमका लागि नगरपालिकामा पटकपटक ताकेता गर्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु