५ जेष्ठ २०८१, शनिबार

वरिष्ठ न्यायाधीश जोशीद्वारा राजीनामा


dipak

७ फागुन, काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो ।

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !