६ जेष्ठ २०८१, आइतबार

अवरुद्ध सडक खुल्दै


Nepalpatra

२१ माघ, रसुवा । अवरुद्ध रहेको स्याफ्रु–मैलुङ खण्डको सडक सफा पार्ने काम धमाधम अगाडि बढेको छ ।

गल्छी, त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुबोध देवकोटाका अनुसार मैलुङदेखि स्याफ्रुको छोकलसम्म १७ किलोमिटर दूरी भूभागमा पहिरोले ल्याएका ठूलाठूला ढुङ्गा फुटाउन विष्फोटक पदार्थ प्रयोगका लागि ढुङ्गामा प्वाल पार्ने काम अगाडि बढेको छ ।

ढुङ्गा फुटाउने विष्फोटक पदार्थ उपलब्ध गराउन रक्षा मन्त्रालयमा लेखापढी भइसकेकाले अवरुद्ध सडकको ट्र्याक खुलाउन १५ दिन लाग्ने अनुमान गरिएको छ । सडक सतहमा पहिरोले विशाल ढुङ्गा ल्याएको र एउटै ढुङ्गा विष्फोटन गर्न २५ देखि ३० प्वाल पार्नुपरेका कारण गल्छीदेखि रसुवागढीसम्म सिधा राजमार्ग खुलाउने समयावधि बढेको आयोजनाले जनाएको छ ।

दुई लेनको सडक भएपनि पहिलो चरणमा एक लेनको ट्र्याक खोलिने र दोस्रो चरणमा बोलपत्र प्रक्रियाबाट साविकको दुई लेन सुधारको साथै टेवा पर्खाल तथा कालोपत्रे काम अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !