२३ बैशाख २०८१, आइतबार

विद्युत् प्राधिकरणलाई जग्गा दान


Nepalpatra

२० माघ, इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ ।

करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क रूपमा दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । मेहताले आफ्नो स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनास्वरुप हरिनगर गाउँपालिका–४ मा रहेको ४ख कित्ता नं ३९२ र ३९३ भएको एक कठ्ठा जग्गा प्राधिकरणलाई दान दिनु भएको हो ।

सुनसरीको हरिनगर गाउँपालिकालगायत आसपास क्षेत्रमा सर्वसुलभ विद्युत् सेवा पु¥याउन त्यो क्षेत्रमा प्रशासन शाखा निर्माण गर्नका लागि जग्गा दान दिएको प्रमुख साहले बताउनुभयो । जग्गादाता कोइरीलाई सहयोगी भावनाको उच्च मूल्याङ्कन गर्दै प्राधिकरणले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !