२२ बैशाख २०८१, शनिबार

सडक नहुँदाको सास्ती


Nepalpatra

१६ माघ, बलेवा । बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ । बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन् ।

गत वर्ष समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो । केहीलाई हेलिकोप्टरमा काठमाडाँै पु¥याएर बचाइयो तर उपचार नै नपाएर मर्नेको सङ्ख्या कति छ भन्नेबारे कुनै पनि निकायमा अभिलेख छैन । उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि यस विषयमा अध्ययन नभएको तमानखोला गाउँपालिका–६ का अध्यक्ष कुलबहादुर छन्त्याल बताउनुहुन्छ ।

तमानखोलाका गाउँबाट बुर्तिबाङस्थित स्वस्थ्य केन्द्र पुग्नका लागि सडक नभएका कारण एक दिन हिँडनु पर्ने भएकाले बिरामी समयमै स्वास्थ्य संस्था पुग्न सक्दैनन् ।

यहाँका गाउँगाउँमा सडक पु¥याउने लक्ष्य भए पनि गाउँपालिकाको सानो खर्चले मात्रै त्यो सम्भव नभएकाले प्रदेश सरकार र केन्द्रसँग माग गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको भनाइ छ ।
अघिल्लो वर्षदेखि खुङ्खानी हु“दै नर्जाखानी जाने सडकको ट्र्याक खोल्ने काम शुरु भएको छ । चालू वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरिएको छ । उक्त रकमले ट्र्याक खोल्ने अभियानलाई सहयोग पुग्नेछ तर नर्जाखानीसम्म पु¥याउन करोर्डौँ रकम आवश्यक पर्ने वडाध्यक्ष छन्तयाल बताउनुहुन्छ ।

“ तमानखोला गाउ“पालिका जिल्लाको सबैभन्दा टाढा र दुर्गम गाउँपालिका भएपनि सबै ग्रामीण बासिन्दालाई आगामी चार वर्षभित्र गाडी चढेर मुकाम झर्ने व्यवस्था गर्दैछौँ”, अध्यक्ष बुढा भन्नुहुन्छ, “सम्भव हुने सबै क्षेत्रको बजेट सङ्कलन र परिचालन गरिनेछ ।” सडक सम्भवै नहुने अवस्था भएका केही गाउ“मा भने सहज पदमार्ग बनाउने गाउँपालिकाको योजना छ । विद्यालय र स्वास्थ्यचौकीसम्म पुग्न सडक बनाउने र ग्रामीण बस्तीमा पदमार्गबाट लैजाने गरी ट्रेकिङ एजेन्सी एशोसिएसन (टान)को सहयोगमा काम गर्ने उहाँ जोड दिनुहुन्छ ।

अहिलेसम्म बुङ्गादोभानदेखि खुङ्खानीसम्मको १० किमी सडकको ट्र्याक खुलिसकेको छ । बुङ्गादोभानदेखि तमान जोड्ने १२ किमी सडकको ट्र्याक र देउरालीदेखि सोलडा“डा जोड्ने १० किमी सडक बन्दै छ । सोलेबाट म्याग्दीको दरवाङ भएर बेनी पुग्दा यहा“का बासिन्दालाई दैनिक उपभोग्य बस्तु खरीदका लागि पनि सहज हुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !