१० जेष्ठ २०८१, बिहिबार

सेवा सुविधा उपलब्ध गराउन माग


Nepalpatra

८ माघ, काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले द्वन्द्वका क्रममा मारिएका सुरक्षाकर्मीलाई सरकारले शहीदका रुपमा सम्मान गरी सेवा सुविधा उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलमा लालटीन बालेर धर्ना दिएको छ ।

सङ्घले सेना, सशस्त्र, प्रहरी र गुप्तचरका शहादतप्राप्त सुरक्षाकर्मीका परिवारलाई कम्तिमा दोब्बर राहत उपलब्ध गराउनुपर्ने, घाइते असक्त सुरक्षाकर्मीलाई असक्तता प्रतिशतका आधारमा आर्थिक राहत दिनुपर्ने, उनीहरुका प्रत्येक सन्ततिलाई उच्च शिक्षासम्म निःशुल्क पढाउनुपर्ने लगायतका माग गरेको छ ।

धर्नाका संयोजक शेरबहादुर बस्नेतले द्वन्द्वका क्रममा ज्यान गुमाएका करीब दुई हजार सुरक्षाकर्मीलाई सरकारले शहिद घोषणा गरिसकेको भएपनि कार्यान्वयन हुन नसकेका कारण दबाब दिन विरोध प्रदर्शन गरिएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !