१४ बैशाख २०८१, शुक्रबार

अष्ट्रियामा जर्मनीका तीनको मृत्यु, एक बेपत्ता


Nepalpatra

२९ पुस, बर्लिन । अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

अष्ट्रियाको भोरार्बर्गमा रहेको प्रहरी कार्यालयले आइतबार मृतकका आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपछि खोजी गरिएको जनाएको छ ।

अझैपनि बेपत्ता रहेका २८ वर्षीय अर्का एक जना जर्मन नागरिकको पनि खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

अत्यधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।

युरोपेली देशहरुमा अहिले अत्यधिक चिसोका कारण हिउँ परेपछि मानवीय क्षति भएका समाचारहरु आइरहेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !