२४ बैशाख २०८१, सोमबार

कृषिउपज सङ्कलन केन्द्र स्थापना


Nepalpatra

१० पुस, बेत्रावती । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)को रु नौ लाख ६८ हजार तथा स्थानीय किसानको रु एक लाख ८६ हजार लगानीमा कृषि सामग्री सङ्कलनका लागी पक्की भवन निर्माण गरिएको हो । भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटन गर्नुभयो । “मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्छ,” उहाँले भन्नुभयो । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’मार्फत शिवपुरी गाउँपालिकालाई समावेश गरी कृषि चक्रपथ निर्माणका लागि रु ३० लाख बजेट तर्जुमा गरी कृषिको विकास गर्न आफू सक्रिय भएर लागेको उहाँले बताउनुभयो ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण भएकाले कृषि पर्यटनमार्फत विकासका लागि सङ्कलन केन्द्रको स्थापनाले सहयोग पुग्ने बताउनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सङ्कलन केन्द्रका लागि आवश्यकताअनुसारको अनुदान सहयोग पु¥याएको र अबका दिनमा किसानले उत्पादन गरेका तरकारीलाई खेतबारीदेखि केन्द्रसम्म र केन्द्रदेखि बजारसम्म पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनमार्फत सवारी साधनको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । केन्द्रको स्थापनापछि शिवपुरी गाउँपालिकाका ६६० परिवार लाभान्वित भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !