२१ बैशाख २०८१, शुक्रबार

मिश्रको संयोजकत्वमा जनसरोकार पत्रकारिता समूह गठन


Nepalpatra

७ पुस, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का उपसमाचारदता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरिएको छ । विनाशकारी भूकम्पपछि जनसरोकारको विषयमा समाचार सङ्कलन गर्दै आएका सञ्चारकर्मीको भेलाले मिश्रको नेतृत्वमा नौ सदस्यीय जनसरोकार पत्रकारिता समूह गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अन्नपूर्ण पोस्टका शिव उप्रेती, महासचिवमा ओख्रेनी साप्ताहिककी दुर्गा आचार्य, सचिवमा कान्तिपुरका नगेन्द्र अधिकारी र कोषाध्यक्षमा नागरिक दैनिकका शिवहरि घिमिरे रहनुभएको छ । सदस्यमा नागरिक दैनिकका ध्रुव दङ्गाल, दि हिमालयन टाइम्सका जीवन शर्मालगायत हुनुहुन्छ । समूहले पुनःनिर्माणका क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीको हकहितमा काम गर्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !