६ जेष्ठ २०८१, आइतबार

इजरायली कारबाहीमा प्यालेस्टिनी मारिए


Nepalpatra

२७ मङ्सिर, जेरुसेलम । पश्चिमी गाजा क्षेत्रमा दुईजना इजरायली नागरिकको हत्यामा संलग्न रहेको आशंका गरिएका एकजना प्यालेस्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । दुई महिनादेखिको खोजी पश्चात ती प्यालेस्टिनी मारिएको इजरायली सैनिक अधिकारीले बताएका छन् ।

इजरायली अधीनस्थ पश्चिमी किनाराको बार्कान औद्योगिक क्षेत्रमा गत अक्टोबरमा २८ वर्षीय एक महिला र ३५ वर्षीया पुरुषको छुरा प्रहार गरी हत्या भएको थियो ।

इजरायली गुप्तचर निकाय शिन बेटले एक वक्तव्य जारी गर्दै हत्यामा संलग्न अस्राफ नाल्वालाई पक्राउ गर्न खोज्दा भागेकाले सुरक्षाकर्मीले गोली चलाएको स्पष्ट गरेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !