२३ बैशाख २०८१, आइतबार

उपभोक्ता संरक्षण ऐन प्रभावकारी बनाउन माग


Nepalpatra

१८ मङ्सिर, वीरगञ्ज । नेपालको संविधानले उपभोक्ताको हक अधिकारलाई संरक्षण गरे पनि तिनै तहको सरकार गम्भीर नहुँदा व्यापारीले उपभोक्तालाई ठग्दै आइरहेको वीरगञ्जमा आज आयोजित उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला गोष्ठीमा वक्ताले बताएका छन् ।

नेपाल सरकार, आपूर्ति मन्त्रालय तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको सो गोष्ठीमा वक्ताले भारतबाट आउने फलफूल, तरकारी, माछा, तथा अन्य खाद्य पदार्थमा बढी विषादी भएकाले यस्ता सामान जाँच गरी नेपाल भित्रिन दिनुपर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सीमा क्षेत्रमा रहेका पशु, प्लान्ट क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयले भारतबाट आउने विषादीयुक्त सामानको जाँच नै नगरी नेपाल भित्रिन दिएकाले उपभोक्ता मन्दविषको शिकार हुने गरेको बताउनुभयो ।

सो कार्यशाला गोष्ठीमा पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेलले सरकारले उपभोक्ता संरक्षण नियमावली बनाउँदा उपभोक्ताको हितमा बनाउनुपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !