१५ बैशाख २०८१, शनिबार

मनाइयो काग तिहार


cro ;f]daf/ sfu ltxf/ kf]v/fsf] km]jftfndf 8’ªufdf a;]sf] sfu . ;f]daf/ sfu ltxf/af6 g]kfnLsf] bf];|f] 7″nf] kj{ ltxf/ z’? ePsf] 5 . t:jL/ M gjLg kf}8]n, /f;;

१९ कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ ।

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिई खुशी पार्ने गरिएको पनि उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आइ कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । आज साँझ यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान शुरु गरिन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !