४ जेष्ठ २०८१, शुक्रबार

हिंसा रोकथामको प्रयास


बाँके

१४ कात्तिक, नेपालगञ्ज । बाँके प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला तथा बालबालिकामाथि हुने हिंसाका धेरै उजुरी दर्ता हुने गरेका छन् । पछिल्लो त्रिवर्षीय अपराध दर्ता तालिकाअनुसार केन्द्रमा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता हुने क्रम दिनप्रतिदिन बढिरहेका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा जम्मा उजुरी सङ्ख्या ३९७ रहेको छ भने मिलापत्र गरेर पठाएको सङ्ख्या ३५९ रहेको छ । त्यस्तै २६ उजुरी अदालतमा पठाइएको छ भने १२ उजुरी मिलाउन बाँकी छ । प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कूल उजुरी ४८३ मध्ये मिलापत्र गरेर पठाएको सङ्ख्या ४४२ रहेको छ । त्यस्तै २७ उजुरी अदालतमा पठाइएको छ भने १४ उजुरी मिलाउन बाँकी छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म जम्मा उजुरी सङ्ख्या १४४ रहेको छ भने ७३ मिलापत्र गरेर पठाइएको छ ।

पछिल्लो समय महिला हिंसा तथा बालबालिकामाथि गरिने दुव्र्यवहारका घटना बढ्दै गएको पाइन्छ । यसको नियन्त्रणका लागि सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छन् तर पनि दिनानुदिन उजुरीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा अहिले विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरिरहेका छन् । प्रहरी सेवा केन्द्रका साथै साथी संस्था, फातिमा फाउण्डेशन, माइती नेपाललगायतका सङ्घ संस्था पनि महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामको अभियानमा लागेको केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी मगरले बताउनुभयो । जिल्लामा मानव बेचबिखन, बहुबिबाह, बालबिबाह, बाल यौन दुव्र्यवहार, गर्भपतन, आगो लगाई ज्यान मार्ने, बोक्सीको आरोप, छुवाछुत, कर्तव्य ज्यान, अपहरण, कुटपिट, आत्महत्याजस्ता विभिन्न घटना हुने गरेको पाइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !