१४ बैशाख २०८१, शुक्रबार

निर्मला हत्या प्रकरणमा पानीमाथिको ओभानो हुने प्रयत्न :डा. भट्टराई


baburam-bhattrai

८ कात्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर जगदीश भट्टको बखास्तीबारे असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन् “निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ।”

बलात्कार-हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र? त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन?

उनि भन्छन् ‘स्पष्ट छ यो काण्डमा शक्तिशालीहरू मुछिएका छन् र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागीपरेको छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !