५ जेष्ठ २०८१, शनिबार

हड्तालका कारण जनजीवन प्रभावित


Nepalpatra

१३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण आज दिनभर यहाँको जनजीवन प्रभावित बन्यो ।

यातायात र व्यापार व्यवसाय ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने जङ्गल क्षेत्र मासेर स्थायी राजधानी बनाउने गलत निर्णय गरिएको भन्दै हड्तालमा उत्रिनु परेको बन्दकर्ताले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार बसेको बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरी क्षेत्रमा बनाउने प्रस्ताव पारित गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !