१४ बैशाख २०८१, शुक्रबार

दुनियाँको सबैभन्दा खतरनाक आदिवासी, यस्तो छ जीवन


mursi-tribe6

इथियोपियाका मुर्सी आदिवासीलाई विश्वको सबैभन्दा खतरनाक आदिवासी मानिन्छ । यो आदिवासीको मान्यता छ कि जीवनमा कसै न कसैलाई मार्नैपर्छ । कसैलाई मार्न नसकी आफू ज्यूँदो रहनु भन्दा आफैं मर्नु बेस हुन्छ ।

दक्षिण इथियोपिया तथा सुडानको सीमा क्षेत्रस्थित ओमान उपत्यकामा बस्ने यो आदिवासीको जनसंख्या करीब १० हजार छ ।

यो आदिवासीमा जिउमा अनेक खाले परिवर्तन गर्ने अर्थात् बडी मोडिफिकेसन गरिन्छ । जस अनुसार महिलाको कानको लोती तथा तल्लो ओठमा ठूलो गोलाकार प्वाल पारेर काठ वा माटोको डिस्क राखिन्छ ।

महिलाहरुको ओठ तथा कानमा यस्तो गोलाकार चिज घुसाउनुको कारण चाहीँ खराब नजरबाट बचाउनु हो । यसो गरेपछि महिलाहरु कुरुप देखिने र मानव तस्करहरुले दासी बनाउनका लागि खरीद नगर्ने हुनाले यो समुदायमा महिलालाई बचाउनका यस्तो गरिने रहेछ ।

mursi-tribe5छोरीहरु १५/१६ वर्षका हुँदा नै आमाहरुले ओठ वा कानको लोती काटिदिएर त्यसमा काठ घुसाइदिने गर्दछन् र जीवनपर्यन्त उनीहरुले त्यो पहिरिन्छन् ।

अन्य कबिलाहरुसँग युद्ध गर्नुअघि यो आदिवासी समुदायका मानिसहरु प्रसस्त गाईको रगत पिउँछन् । साथै नयाँ वर्षको अवसरमा समेत यो समुदायमा गाईको रगत विशेष रुपले पिइन्छ ।

मुर्सी समुदायका मानिसहरुले आफ्नो परम्परा बचाइराखेका छन् । तर उनीहरुमा पनि आधुनिकताले असर गरेको छ । सुरक्षाको लागि भन्दै अहिले यो समुदायका मानिसहरुले आधुनिक हतियार समेत राख्ने गरेका छन् । उनीहरुसँग एके ४७ लगायतका हतियार रहेका छन् ।

हतियार बिक्रेतासँग उनीहरुले गाई दिएर हतियार खरीद गर्दछन् । पूराना मोडेलका बन्दुकका लागि ८ देखि १० वटासम्म गाई दिन्छन् भने नयाँ मोडेलका लागि ४० वटासम्म । सुडान तथा सोमालियाबाट यस समुदायले हतियार प्राप्त गर्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !